बझाङ – बझाङको मष्टा गाउँपालिका– ५ का निबर्तमान वडा अध्यक्ष कम्मान आग्रिको निधन भएको छ। स्वच्छ छवि भएका भद्र, सालीन नेताका रूपमा परिचित आग्रिको शुक्रबार निधन भएको हो । केहि महिना अघि स्वास्थ्यमा समस्या देखीएपछि धनगढीको निसर्ग अस्पतालमा उपचार गराएर उनि घर फर्किएका थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मष्टा गाउँपालिका वडा न ५ मा नेकपा एमाले बाट निर्वाचित भएका उनि दलित समुदायका पहिलो वडा अध्यक्ष समेत रहेका थिए । आग्रिको निधनपछि गहिरो दुस्ख व्यक्त गर्दै मष्टा गाउँपालिका गाउँकार्यापालिकाको कार्यालयले एक सरल र त्यागी नेतृत्व गुमाएको भन्दै विज्ञप्ती मार्फत संबेदना प्रकट गरेको छ।
उनको शनिबार बिहान करिब १० बजे भोपुरको सिम्भाडि आर्यघाटमा दाहासस्कार गरिने उनका आफन्तले जानकारी दिएका छन ।