धनगढी : कञ्चनपुरबाट साढे दुई लाखको अबैध समान बरामद गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० बिद्युत कार्यालय नजिक र कृष्णपुर नगरपालिका–३ देखतभुलीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख ६५ हजार ७४० मूल्य बराबरको सामान बरामद गरिएको हो।
चिनि, चामल, खाने तेल, दाल, मटर, पङ्खा ,जिरा, धनिया, किरानाको सामान, पानि तान्ने मोटर, खानेपानीको पाईपमा प्रयोग हुने ऐल्बो सकेट, ताल्चा, मोटरसाइकल थान–१ लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।