धनगढी : कैलाली र कञ्चनपुरबाट अबैध समान बरामद गरिएको छ । कैलालीको लम्कीचुहा र कञ्चनपुरको बेलौरी क्षेत्रबाट अबैध समान बरामद गरिएको हो । कैलालीकोलम्कीचुहा नगरपालिका–२ मोतिपुरको भित्री सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ५७ हजार २९० मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त मूल्य बराबरको बिडी, सुर्ती, आन्टी, पास्ता लगायतका सामान इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।
कञ्चनपुरको बेलौरी नगरपनलिका–८ कलकत्ताबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १९ हजार ६१५ मूल्य बराबरको सामान बरामद गरिएको हो। उक्त स्थानबाट चिनी, बिडी, पेय पदार्थ, खानेतेल, बिस्कुट, नमकिन, चक्लेट, मेहेन्दी, कुरकुरे लगायतका सामान प्रहरी चौकी पचुँईबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।