धनगढी : लेखराज भट्टपछि सुदुरपश्चिमको माओवादी कमाण्डर खगराज भट्ट पछिल्लो समय एकपछि अर्को धक्का पाउदै पार्टी र ससंदिय दलको पुछारमा पुगेका छन् । माओवादी केन्द्रका प्रभावशाली नेताका रुपमा रहेका भट्ट अहिले न ससंदिय दलको नेतृत्वमा छन्, न पार्टीको महत्वपुर्ण जिम्मेवारीमै । लेखराज भट्ट एमालेमा गएपछि पार्टीको सुदुरपश्चिम ईन्चार्ज बनेका भट्ट अहिले सह ईन्चार्ज समेत छैनन् । पार्टी स्थाई समिति सदस्य समेत रहेका भट्ट पार्टी र ससंदिय दलबाट पछारिदै गएका छन् । पार्टी सुदुरपश्चिम ईन्चार्ज गिरिराजमणी पोखरेल सहितको बैठकले माओवादीबाट पुरानै मन्त्री पठाउने निर्णय पछि मात्रै मुख्यमन्त्री दीर्घ सोडारीलाई बिश्वासको मत दिएका खगराजले त्यो निर्णय समेत कार्यान्वयन गर्न सकेनन् । संसदिय दलका अगाडी न खगराजकै चल्यो न ईन्चार्ज पोखरेलकै । उनिहरुको निर्णय बेगर ससंदिय दलले नयाँ मन्त्री सिफारिश गरेको थियो । सामाजिक बिकास मन्त्री ओम बिक्रम भाट, मन्त्री अक्कल रावल र लक्ष्मी बि.कले सोमबारनै सपथ लिइसकेका छन् ।
सभामुखसहित ११ जना प्रदेश सभा सदस्य रहेको माओवादीमा अब खगराज पक्षमा ५ जना खुलेका छन् । आफु सहित ४ जना एकातर्फ रहँदा बहुमत सदस्यबाट हटाइएका भट्ट टिममा मन्त्री नभएपछि शिव सिहं ओलीपनि खुलेका छन् । ओलीले त हिरोले लास्टमा लेखाउनेसम्मकै धम्की दिएका छन्। सोही विषयलाई लिएर माओवादीबाट मन्त्री बनेकाहरुलाई वलीले हिरोले लास्टमा देखाउने चेतावनी दिएका छन्। माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री बनेकाबारे पार्टीभित्रै विवाद उत्पन्न भएको छ। संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए। संसदीय दलमा निर्णय नै नगरी सरकारमा मन्त्री नियुक्तिका लागि सिफारिस गरेको भन्दै संसदीय दलका नेता मान बहादुर धामीलाई अनुशासनको कारबाही गर्ने ओलीले बताएका छन् । संसदीय दलको बैठकमा छलफल र निर्णय नै नगरी मन्त्री नियुक्तिको सिफारिस गरिएको संसदीय दलका पाँच जना सदस्यको यसमा गम्भीर असहमती छ,ओलीले भने, एकलौटी र आफूखुशी सिफारिस गर्ने संसदीय दलका नेता धामीमाथि अनुशासनको कारबाही हुन्छ । कारबाहीका लागि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र प्रदेश ईञ्चार्ज गिरिराजमणी पोखरेललाई आग्रह गरिएको छ।
माओवादीका प्रदेश सभाका सदस्य ओली सहित पाँच जना सदस्यले तत्काल माओवादी केन्दबाट कसैलाई मन्त्रीको शपथ नखुवाउन मुख्यमन्त्री दीर्घ सोडारीलाई लिखित र भेटेर आग्रह गरेका थिए । उनीहरुका आग्रहलाई अटेर गर्दै मुख्यमन्त्री सोडारीले माओवादीका केन्द्रका तर्फबाट ओम बिक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी बिकलाई सोमवार मन्त्रीको शपथ खुवाएका थिए ।
सोमबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्रबहादुर पाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाट सहित पाँच जना बिनाविभागीय मन्त्री नियुक्त गरेका थिए। सोडारीले एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी विक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरेका हुन्। तर मन्त्रालय भने तोकिएको छैन।