धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह वलीले हिरोले लास्टमा देखाउने जनाएका छन्। सुदूरपश्चिममा सरकार विस्तार भएर मन्त्रीमा छुटेपछि उनले यस्तो बताएका हुन्। उनले आफ्नो फेसबुकमार्फत आफूलाई हिरो करार गर्दै आफूले लास्टमा देखाउने चेतावनी दिएका छन्। (सोमबार) मात्रै मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रिपरिषद् विस्तार गर्दै आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्रबहादुर पाल, सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका ओमबिक्रम भाट सरल सहित पाँच जना विना विभागीय मन्त्री नियुक्त गरेका थिए।
सोडारीले एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरेका हुन्। तर हाललाई उनीहरूको मन्त्रालय भने तोकिएको छैन। सोही विषयलाई लिएर माओवादीबाट मन्त्री बनेकाहरुलाई वलीले देखाइदिने चेतावनी दिएको बुझिएको छ। माओवादीमा नारायण काजी श्रेष्ठ लाइनक्क उनले मन्त्री बन्न जोडतोड गरेपनि अन्तिममा अटाएनन्। त्यसपछि क्रुद्ध बनेका उनले फेसबुकमा आफ्नो प्रतिक्रिया दिएका हुन्।
त्यस अगाडि उनीसहितका ५ माओवादीका माननीयहरुले मन्त्रीहरुको सपथ रोक्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण समेत गराएका थिए। तर सपथ भने रोक्न सकेनन्।