धनगढी : सुदुरपश्चिम प्रदेशमा ७ जना मन्त्री थपिएका छन् । सुदुरपश्चिम प्रदेशमा ५ बिना बिभागिय सहित ७ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । ३ एमाले ३ माओवादी र एक एकिकृत समाजवादीबाट सिफारिश भएका मन्त्रीहरुले सपथ लिएका हुन् । आर्थिक मामिला मन्त्रीमा एमालेका सुरेन्द्र पाल, सामाजिक बिकास मन्त्रीमा माओवादीका ओम बिक्रम भाटले सपथ ग्रहण गरेका छन् । एमालेका बिर बहादुर थापा, हिरा शार्की, माओवादीका अक्कल रावल, लक्ष्मी बि.क र एकिकृत समाजवादीका माया पन्तले बिना बिभागिय मन्त्रीको सपथ लिएका हुन् । उनिहरुलाई प्रदेश प्रमुख नजिर मियाले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
यस अघी मुख्यमन्त्री सहित ३ सदस्यीय मन्त्रीमण्डल रहेकोमा अब १० सदस्यीय मन्त्रीमण्डल बनेको छ । तिन मन्त्रालय फुटाउने गठबन्धनमा सहमती भए अनुसार भौतिक पुर्वाधार बिकास मन्त्रालय, सामाजिक बिकास र उधोग, पर्यटन बन तथा वातावरण मन्त्रालय फुटाइने छ । तत्काल जिम्मेवारी बिना सपथ लिएका मन्त्रीहरुलाई मन्त्रालय फुटाएर चाँडै जिम्मेवादी दिने मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बताएका छन् । बिगतमा राज्यमन्त्री समेत ११ सदस्यीय मन्त्रीमण्डल बनाउकै हौँ यो हामीले सबिंधानले दिएको अधिकार प्रयोग गरेका हौँ मुख्यमन्त्री सोडारीले भने “त्यस्तो जम्बो भन्ने छैन, अरु प्रदेसमा कति धेरै पनि छन्, हामीले अधिकार अनुसार मन्त्रीमण्डल बनाएका छौँ, अब प्रदेश सरकारका काम कार्वाही अगाडी बढाउन सहज हुने छ ।”
दुई पटकको मन्त्रीपरिषद बिस्तारमा नागरिक उन्मुक्तीलाई सरकारमा सहभागी गराएका मुख्यमन्त्री सोडारीले सोडारीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तत्काल सरकारमा नजाने निर्णयमा रहेको एमालेकै कारण सरकार बिस्तारमा ढिलाई भइरहेका बेला आर्थिक मामिला सहित ३ मन्त्रालय लिएर एमाले सरकारमा सहभागी भएको हो । आर्थिक मामिला सहित एमाले सरकारमा सहभागी भए सगैं सरकारका काम कार्बाही चुस्त बन्ने मन्त्री सरेन्द्र पालले बताए ।
सामाजिक बिकास मन्त्रालय सहित नेकपा माओवादी केन्द्रलेपनि ३ मन्त्रालय लिएको छ । माओवादीबाट ओम बिक्रम भाट सामाजिक बिकास मन्त्रालय लिएर सरकारमा सहभागी भएका छन्, भने अक्कल रावल र लक्ष्मी बि.क बिना बिभागिय मन्त्री बनेका छन् । यता संसदिय दलमा छलफलनै नगरी एकलौटी मन्त्री पठाएको भन्दै पार्टी स्थाई समिति सदस्य खगराज भट्ट समुह रुस्ट छ । सो समुहले सरकार लामो समय नटिक्ने दावी गरिरहेको छ । तर मन्त्री नियुक्त पछि भाटले भने, पार्टीले सबैलाई मिलाएर सरकारमा सहभागी भएको दावी गरेका छन् । सरकारमा सहभागी सगैं प्रदेश सरकारको अनुभुती हुने गरी काम गर्ने उनको प्रतिबद्धता छ ।
यस अघी नागरिक उन्मुक्तीबाट कैलास चौधरीले भौतिक पुर्वाधार बिकास मन्त्रालय र टिका थापाले भुमी, ब्यवस्था कृषी तथा सहकारी मन्त्रालय सम्हाली सकेका छन् ।