धनगढी । डिजाइनमा समयानुकूल परिमार्जन गर्दै ग्राहक लाई नयाँपन दिन लागि परेको नेपाली कपडा अद्योगको चर्चित ब्रान्ड स्पर्शले ललितपुरको इमाडोलमा नयाँ फ्याक्टरी आउटलेटको उद्घाटन गरिएको छ ।
धेरै नेपाली युवाहरु वैदेशिक रोजगारीमा जान चाहिरहेको बेला स्वदेशमै केही गर्नु पर्छ भन्ने सोचले २०७६ सालमा तीन जना युवाहरु मिलेर शुरुवात गरिएको स्पर्श उद्योगले फ्याक्टरी आउटलेट संञ्चालनमा ल्याएको हो । स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक उदाहरणीय काम स्पर्शको टिमले गरेको छ । सुरुदेखिनै गुणस्तरीय कपडा उत्पादनमा विशेष ध्यान दिएको उद्योगले नयाँ प्रविधिबाट उत्पादन सुरु गरिरहेको छ ।
५ बर्ष पहिले पुरूषको ’पोलो टिसर्ट’ बाट स्पर्शको उत्पादन सुरू भएपनि अहिले टिसर्टसँगै जगर्स र ज्याकेटहरू अनि सिजन अनुसारका लुगा बजारमा उपलब्ध रहेको स्पर्शका सिइओ रुपक बोहराले जानकारी दिए । उनले अहिले स्पर्शले वाटर प्रुफ (पानी नछिर्ने) र विन्ड प्रुफ (हावा नछिर्ने) ज्याकेट, पोलो टिसर्ट, साधारण टिसर्ट, जगर्स, जिन्सको ज्याकेट र पाइन्ट, हुडी, स्वेटसर्ट, कुर्ती, क्याप र मास्क उत्पादन भईरहेको बताए ।
स्पर्शमा किनेर लगेको लुगा उयुक्त नभएको अवस्थामा सट्टापट्टा गर्ने वा पैसा फिर्ता लिने सुविधा पनि छ । किनेर लगेपछि कुनै कारणले उपयुक्त भएन भने ग्राहकले अर्को साट्न सक्ने छन् । स्पर्शको कारखाना इमाडोलमा छ भने अहिले त्यहि ठाउँमा आउटलेट संञ्चालनमा ल्याएको हो ।
नेपाली उत्पादन विश्वबजारमा पु¥याउने चाहना सबै व्यवसायीको हुन्छ । हाम्रो पनि त्यस्तै चाहना छ । यसका लागि मेहन्त भईरहेको बजार ब्यवस्थापक ऋतिका श्रेष्ठको भनाई छ । ५ बर्ष पहिले ललितपुरको इमाडोलमा एउटा फ्ल्याट भाडामा लिई शुरु भएको स्पर्शले अहिले आफ्नै सुविधा सम्पन स्पर्शको फ्याक्टरी आउटलेट संञ्चालनमा ल्याउँदा छुटै आन्नद मिलेको बताईन । काम सुरू गरेकै वर्ष कोरोना महामारीले केही महिना उत्पादन बन्द गनुपर्ने अवस्था आएपनि विस्तारै हार नमानि बजारको माग अनुसार करिब डेढ वर्षसम्म मास्क मात्रै बनाएर स्पर्शलाई चिनाउने प्रयास गरेको समेत उनले अनुभव सुनाईन् ।
लकडाउनको समय उनीहरूले विभिन्न लुगाको डिजाइनमा सदुपयोग गरे । कोरोना मत्थर हुँदै गएपछि मास्कसँगै पुरूष र महिलाका लागि लुगाहरू बनाउन थाले । थोरथोरै गर्दै उत्पादन बढाउँदै लगे । माग पनि बढ्दै गयो र स्पर्श एउटा लोकप्रयि ब्रान्डाका रुपमा स्थापित भयो ।
बाहिरबाट आयातित महंगा कपडा प्रतिस्थापन गर्ने र निर्यात प्रवद्र्धन गर्न लागिपरेको स्पर्शले अर्को ब्रान्डसँग प्रतिस्पर्धामा नकुदी आफ्नो ब्रान्ड स्थापित गर्न लक्ष्य लिएको छ । ’जुन ब्रान्ड भए पनि नेपाली उत्पादन प्रयोग गरौं भन्ने सन्देश फैलाउनु आफ्नो उद्देश्य रहेको डिजाइनर विनय पौडेलले बताए । उनले स्पर्श ब्रान्डाका लुगा नेपालको परिवेश अनुसार डिजाइन गरिएको जानकारी दिए । अन्य ब्रान्डाका लुगाको बजार मुल्य उच्च भएपनि स्पर्शका लुगाहरुको मुल्य सर्वसुलभ नै रहेकोे पौडेलको भनाई छ । पछिल्लो समय हामी विदेशी ब्राण्डभन्दा नेपाली बाण्डलाई पछ्याउन थालेका छौं , साथीभाई वा परिवारजन एकै साथ कपडा किन्न गयो तर फरक–फरक ब्राण्डको खोजि हुने समस्याको समाधान अब स्पर्शले गर्ने दावी पौडेलको छ ।
नेपाली उत्पादन पनि विदेशी उत्पादनभन्दा कम छैन भनेर देखाउन आगामी दिनमा उपभोक्ताको चाहना अनुसारका गुणस्तरीय कपडा उत्पादन गर्दै जाने लक्ष्य स्पर्श टिमको रिहेको उनको भनाई छ । नेपाली ग्रामेन्ट उद्योगहरू फस्टाए कपडा उद्योगहरू समेत फस्टाउने बताउँदै उनले रोजगार सृजना गर्ने र स्वरोजगारमूलक ग्रामेन्ट उद्योगहरूलाई प्रवद्र्धन गर्न ग्रामेन्ट उद्योगहरूलाई राज्यले विभिन्न प्रकारका सहुलियत दिनुपर्नेमा समेत जोड दिए ।
ललितपुरको इमाडोलमा संञ्चालनमा आएको फ्याक्टरी आउटलेटको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संघिय सांसद ज्ञानेन्द्र शाहीले एक कार्यक्रमका विच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमा बोल्दै शाहीले नेपाली बजारमा विदेशी ब्रान्डको होडबाजी चलिरहेको अवस्थामा नेपाली उत्पादन लाई प्रोत्साहन गनु पर्ने धारणा राखे । उनले देशको आर्थिक रुपातन्त्रण गर्न युवाहरु लाई स्वदेशमै आफ्नो भविष्य देख्ने अवस्था सरकारले ल्याउँनु पर्नेमा जोड दिए ।