धनगढी : कैलाली र कञ्चनपुरबाट २ लाख बढिको अवैध समान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, पुरानो भन्सार रोड मनेहरा पेट्रोल पम्प नजिक र सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख हजार ६ सय मुल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
जिल्लाको भीमदत्त नगरपालिका– ११ चौकीसत्ता र पुनर्वास नगरपालिका– ११ डोकेबजार बाट अवैंैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख, १२ ,हजार ८ सय तिस मूल्य बराबरको सुर्ती, कुर्ती, सुटपिस, गन्जी, टिसट, अन्डर वेयर, साइकलको ताला, ब्रेक तार, टियुव लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर बाट खटिएको प्रहरी टोलीले पारी नियन्त्रणमा लिएको हो।