धनगढी : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ अमरपुरको एक विपन्न परिवारलाई खाट सहयोग गरिएको छ । कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले शुक्लाफाँटा ११ का बद्री कोलीको परिवारलाई बिहीबार दुई वटा खाट सहयोग गरेका हुन् िभुइमै सुतेर रात काट्नुपर्ने अवस्थाको अन्त्यका लागि कोलीको परिवारलाई दुई वटा खाट सहयोग गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।
‘भुइमै सुतेर रात काट्नुपर्ने अवस्था रहेछ । सो अवस्थाको अन्त्यका लागि सुत्नको लागि खाट सहयोग गरेको हुँ,’नगर प्रमुख ओझाले भने । गरिब, विपन्न परिवारलाई नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख ओझाले बताए । खाट पाएपछि बद्री कोलीको परिवार खुसी भएको छ । उनी लगायत श्रीमती र छोराछोरीकोे मानसिक सन्तुलक समेत ठिक छैन । यसअघि उनको घर मर्मतका लागि समेत सहयोग संकलन गरिएको थियो ।