धनगढी : कैलालीको गेटा अस्पतालमा रोकिएको अन्तर्वार्ता मङ्गलबार हुने भएको छ । अस्पतालमा करार सेवामा कर्मचारी भर्नाका लागि वैशाख ३० गते भएको लिखित परीक्षाको जेठ २९ गते अन्तर्वार्ता हुन लागेको हो । गेटा अस्पतालमा कर्मचारी छनोटको प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो । स्टाफ नर्सको अन्तर्वार्ता तोकिएकै समयमा भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता रोकिएको थियो ।
अस्पतालले गत चैत १४ गते १२ जना स्टाफ नर्स, ४ जना हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, फार्मेसी सहायक र रेडियोग्राफी सहायक ३र३ जना तथा फिजियोथेरापी सहायक १ जना गरी २६ सिटमा आवेदन आह्वान गरेको थियो । िअन्तर्वार्ताका लागि २९ जेठ बिहान १० बजे बोलाइएको छ ।