धनगढी : कैलाली र कञ्चनपुरबाट झन्डै ७ सात लाखको भन्सार छलीको सामान बरामद गरिएको छ। कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ४ हजार ४ सय मुल्यको, प्रहरी चौकी परासनले अन्दाजी ३ लाख २९ हजार मुल्यको र प्रहरी चौकी फटैयाले अन्दाजी ४६ हजार ४१५ मुल्यको सामान बरामद गरेको छ।
उक्त स्थानबाट बिडी, कचौरा, झिल्ली, सुर्ती, बिभिन्न किसिमका झोला, पर्स, नम्वर प्लेट नभएको मोटरसाइकल १ थान र साईकल २ थान फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।