धनगढी : सुदूरपश्चिम प्रदेश सभाका सदस्यले कानुन कार्यान्वयन परीक्षण आवश्यक रहेको बताउदै त्यसलाई प्रभावकारी बनाउन जरुरी रहेको बताएका छन्।
धनगढीमा शनिबार आयोजित कानुनको कार्यान्वयन परीक्षणका विविध पक्षहरु सम्बन्धमा अभिमुखीकरण कार्यक्रम बोल्दै प्रदेश सभा सदस्यले सो कुरा बताएका हुन।
सो अवसरमा बोल्दै सभामुख भीमबहादुर भण्डारीले कानुन बनाउने तर त्यसको कार्यान्वयनको अवस्था, प्रभावकारिता, औचित्य, बजेट र मानवस्रोत बारे अनुगमन नगर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो। उहाँले प्रदेश सभा नियमावली संशोधन गर्ने तयारी रहेको बताउदै त्यसमा उत्तर विधायिकी परीक्षण सवाल पनि थपिने बताए। उहाँले राजनीतिक अस्थिरता, विज्ञ कर्मचारीको अभाव हुनु र भीडको दबाबमा काम गर्ने अवस्थाको अन्त्य नहुँदासम्म उत्तर विधायिकी परीक्षण जस्ता अत्यावश्यक विषय कार्यान्वयन हुन कठिन हुने बताए।