धनगढी : सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले नेपाली काग्रेंस लगायत बिपक्षी दलहरुलाई सहमतीमा आउन आग्रह गरेका छन् । बुधबार प्रदेशसभामा बिनियोजन बिधेयकको सिद्धान्त र पथमिकता बारे छलफलमा उठेका प्रश्नको जवाफ दिदै सोडारीले सरकार संबैधानिक हो भन्ने रिट सर्वोच्च अदालतले खारेज गरिसकेकोले सो विषयलाई लिएर बैठकमा भाग नलिनु उपयुक्त नभएको बताए । उनले भने, ‘नेपाली कांग्रेस संसदीय व्यवस्थामा आफूलाई अब्बल ठान्छ तर सर्वोच्च अदालतले टुङ्गो लगाइसकेको विषयमा किन अल्झने, आफ्नो सिस्टता, गरिमा र मर्यादा राख्न जरुरी छ। उनले असंवैधानिक सरकार भन्दा हाँसो लागेको टिप्पणी समेत गरे।
उनले प्रतिपक्ष दल कांग्रेस र नागरिक उन्मुक्ति कुनै विषयमा छलफल तथा बहस गर्नुपर्ने भए आफू तयार रहेको बताउदै विपक्षी दलसँग सहजीकरण गरिदिन सभामुखलाई समेत आग्रह गरे। मुख्यमन्त्री सोडारीले सुदूरपश्चिमकै साझा कार्यक्रमका रुपमा आगामी आइतबार नीति र कार्यक्रम आउने सम्भावना रहेको बताए। उनले साझा नीति र कार्यक्रम तथा बजेट हो भन्ने अनुभूति दिलाउन नीति र कार्यक्रम तथा बजेट ल्याउनु अघि सत्तापक्ष मात्र होइन प्रतिपक्षलाई पनि छलफलमा सहभागी गराउने बताए।