धनगढी : कैलाली र कञ्चनपुरबाट करिब ३ लाखको अबैध समान बरामद गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका– १० सडकघाट, दोधारा चाँदनी नगरपालिका– ७ कञ्चभोज र पुनर्वास नगरपालिका– ११ डोकेबजारबाट भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख २७ हजार ५सय बराबरको सुटपिस, पेय पदार्थ, पापड, पानीपुरी, पास्ता, नरिवल लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका– २ ट्राफिक चौराह धनगढीगाउँ,गोदावरी नगरपालिका– १ बरपिपल गल्ली, भजनी नगरपालिका– ५ भगतपुर, र कैलारी गाउँपालिका– ५ गोबरेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १ लाख ५१ हजार १ सय २५ मूल्यका प्याज, चिनी, मिश्री, बिडी, सुर्ती, नरीवल, चक्लेट, प्लास्टिक झिल्ली, कपसेट, साईड ब्याग ठुलो, साईड ब्याग सानो, हाते पर्स, धनियाँ, लसुन, सिद्रा माछा, माछा लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।