धनगढी । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष गणेशबहादुर विश्वकर्माले सामाजिक न्यायमा आधारित समृद्ध सुदूरपश्चिम बनाउनु अहिलेको आवश्यकता भएको बताएका छन् ।
जातीयता र भूगोलका समस्या सम्बोधन हुने गरी विकास योजना बनाउनुपर्नेमा जोड दिँदै उनले “जातीय हिसाबले क्षेत्री, बाहुन, थारू, दलितको सङ्ख्या ठुलो छ । रानाथारू, बादी, अल्पसङ्ख्यक जातिहरू राजी, मुस्लिम, राउटे, सोनाहाको उत्थान गर्नु पर्छ ।” भूगोलका हिसाबले हिमाल, पहाड, तराईलाई सुहाउँदो विकास, राजमार्ग निर्माण र सहरी विकास गरेर त्यहाँका मानिस त्यहीँ बस्ने वातावरण बनाउनुपर्ने बताए ।
तराईमा बढ्दो बसाइँसराइको चाप व्यवस्थापन गर्नु छ, बेरोजगारीका कारण भारत पलायन हुने युवालाई यहीँ बसेर राम्रो काम गर्ने वातावरण बनाउने गरी नीति तथा योजना बनाइने उनको भनाई छ ।
पर्यटन विकासका लागि उत्तरदक्षिण नाका जोड्ने, कैलालीलाई केन्द्र बनाएर पहाडी जिल्लाका हवाई मैदान प्रयोग गरी खप्तड, अपिसाइपालमा पर्यटकलाई आकर्षित गर्न सके पर्यटन विकास हुनेमा विश्वास ब्यक्त गरे ।
प्रदेशको नीति तथा आवधिक योजनाको समीक्षा गरी सो समस्यालाई सम्बोधन गर्ने मार्गचित्र बनाउन जरुरी रहेको औँल्याउँदै विश्वकमउनले १६ औँ पञ्चवर्षीय योजना सुरु भएकाले दिगो विकास लक्ष्य २०३० मा पु¥याउन सबैको सहभागिता आवश्यक रहेको जाकनारी दिए ।
बिनाअध्ययन योजना बनाउँदा पुँजीगत खर्च हुन सकेको छैन । भएका स्रोतसाधनलाई न्यायपूर्ण हिसाबले प्रयोग गर्ने र भ्रष्टाचार हुनबाट रोक्ने हो भने जनविश्वास बढ्ने दाबी उनको छ ।
सरकार परिवर्तन भए पनि योजनाबद्ध विकास योजना बनाएर निरन्तरता दिन सके समृद्धि हासिल गर्न सकिने विचार उपाध्यक्ष विश्कर्माले राखे । निजी क्षेत्रलाई प्रोत्साहित गरेर साझेदार बनाउन जरुरी रहेको उनको भनाई छ ।