धनगढी । कञ्चनपुरमा १४० क्युफिट अवैध काठसहित सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पुर्नवास नगरपालिका(११ को अमरबस्तिबाट काठसहितको अवैध ट्याक्टर बरामद गरेको हो ।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ९एसपी० खगेन्द्रबहादुर चन्दकाअनुसार सशस्त्रको टोलीलाई देख्न बित्तिकै ट्याक्टर छाडेर चालक र अन्य दुई जना भागेका थिए ।
बरामद गरिएको ट्याक्टर र काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय कुण्डाको जिम्मा लगाइएको चन्दले बताए ।