काठमााडौँ – सरकारले बैकिङ सेवा पुग्न बाँकी बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्मा आगामी आर्थिक वर्ष २०८१र८२का लागि बजेट सार्वजनिक गर्ने क्रममा बझाङको साइपाल गाउँपालिकामा बैंकको शाखा स्थापना गर्ने बताएका हुन्।
दुर्गम एवं ग्रामीण क्षेत्रमा बैकिङ सेवा प्रदान गर्न डिजिटल बैंकिङ, घुम्ती बैंकिङ र मोबाइल बैंकिङ सेवालाई सघन रूपमा उपयोग गर्दै लगिने उनले बताए।
आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट रहेको छ। चालु खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ ३ अर्ब ५२ करोड रुपैयाँ र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। विनियोजन बजेटबाट आर्थिक वर्ष २०८१र८२ मा ५।५ प्रतिशत मुद्रास्फीति रहने अनुमान गरिएको छ।