धनगढी । कैलालीको गोदावरी नगरपालिका द्वारा अत्याधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गर्दै बिहानीको समयमा विद्यालय सञ्चालन गर्न निर्देशन गरेका छ ।
मिति २०८१ र ०२ र १६ गतेदेखि अर्को सूचना प्रकाशन नभए सम्मका लागि बिहान ७ बजेदेखि ११ बजेसम्म विद्यालय सञ्चालन गर्न हुन निर्देशानुसार अनुरोध छ।
साथै पठनपाठनका लागि अपुग हुने कार्यघण्टा वर्षे बिदाबाट मिलान हुने व्यहोरा समेत अनुरोध छ। केहि दिन यता कैलालीमा ४० डिग्री भन्दा बढी तापक्रम मापन हुदै आएको छ । गर्मीका कारण सर्वसाधारणको दैनिकी पनि अस्तब्यत बन्दै गएको छ ।