धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवस आज धनगढीमा विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाइरहेको छ । आज दिवसको अवसरमा धनगढीमा प्रभात फेरी गरिएको छ । यसै अवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यक्रम भइरहेको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको ऐतिासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ । दिवसको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ ।