धनगढी । स्थानीय वायुका साथै रेमल चक्रवातका कारण अहिले काठमाडौं उपत्यकासहित अधिकांस पहाडी भेगमा छिटपुट वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र हावा हुरी सहित हल्का देखि मध्यम वर्षा हुने छ भने मधेस प्रदेश लगायत बाँकी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यस्तै, आज राती कोशी प्रदेशमा साधारण देखि पूर्ण बदली हुनेछ भने मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै विराटनगरमा ३६ दशमलव ५ मिलिमिटर वर्षा भएको छ ।
ऋयिगमक