काठमाडौं। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको उपाधि जितेको छ। आइतबार राति सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाताले उपाधि जितेको हो ।
कोलकाताले १० वर्षपछि आईपीएलको उपाधि जित्यो । उसका लागि यो तेस्रो उपाधि हो । पछिल्लोपटक कोलकाताले सन् २०१४ को उपाधि जितेको थियो ।
११४ रनको सामान्य लक्ष्य कोलकाताले १०।३ ओभरमै २ विकेट गुमाएर पूरा गर्यो । वैंकटेश अय्यैरले अविजित ५२ रन बनाए । सुरुवातदेखि नै एकतर्फी देखिएको फाइनलमा हैदरावादले कुनै चुनौती दिन सकेन । टस जितेर पहिले ब्याटिङ गरेको हैदरावाद ९ बल अगाडि ११३ रन बनाउँदा अलआउट भएको थियो । आईपीएलकोलकाता नाइट राइडर्स