धनगढी । नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवस सुदूरपश्चिम प्रदेशमा पनि विभिन्न कार्यक्रम गरी मनाएको छ । प्रेस युनियन सुदूरपश्चिम प्रदेश कमिटीको आयोजना तथा कैलाली शाखाको आतिथ्यमा स्थापना दिवस मनाएको हो ।
प्रेस युनियनमा आवद्ध पत्रकारहरुले बिहान राष्ट्र बैंक चोकबाट नेपाली कांग्रेस पार्टी कार्यालयसम्म प्रभातफेरी गरेका थिए भने त्यपछि ९ वटै जिल्ला बाट सहभाी नेपाल प्रेस युनियनमा आबध पत्रकारहरु विच शुभकामना आदाप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका ९ वटै जिल्लाका जिल्ला सभापतिहरुले प्रेस युनियनको जिल्लाको अवस्था र आगामी २६ गते हुने नेपाल पत्रकार महासंघको नियर्वाचनको तयारीका बारेमा जनकारी गराएका थिए ।
प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वारको अध्यक्षतामा भएको शुभकामना आदान प्रदानको कार्यक्रममा युनियनका बरिष्ट उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष प्रेम चुनारा, उपमहासचिव रविन्द्र सुवेदी लगाएको सहभागिता रहेको थियो । नेपाल प्रेस युनियनका कैलालीका शाखा सदस्य शंकर बोहराले संञ्चालन गरेका कार्यक्रममा स्वास्गत मन्तब्य जिल्ला अध्यक्ष सिताराम ओझाले राखेका थिए । कार्यक्रममा ५० बढी पत्रकारको उपस्थिति रहेको उनले बताए ।