धनगढी : सुदुरपश्चिम प्रदेशसभाका २३ जना सदस्यहरुले आफ्नो शैक्षिक योग्यता बारे अभिलेख गराएका छैनन् । ५३ सदस्यीय सुदरपश्चिममा २३ जना प्रदेशसभा सदस्यहरुले आफ्नो शैक्षिक बिवरण प्रदेशसभा सचिवालयमा अभिलेख गराएका छैनन् । प्रदेशसभा सदस्यहरुले आफ्नो शैक्षिक बिवरण देखी सम्पति बिवरण सम्म खुलाएका छैनन् । शैक्षिक योग्यता अभिलेख नगर्नेमा सभामुख भिम बहादुर भण्डारी देखी निबर्तमान मुख्यमन्त्री कमल बहादुर शाह देखी निबर्तमान मन्त्रीसम्म छन् । माओवादीबाट प्रदेश सभा सदस्य बनेका भीमबहादुर भण्डारी सभामुख र नेपाली काँग्रेसबाट प्रत्यक्ष निर्वाचित सांसद बहादुरसिंह थापाको शैक्षिक योग्यताको अभिलेख प्रदेश सभा सचिवालयमा छैन् । नेपाली काँग्रेसबाट कैलाली–२ को १ बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद एवं पूर्वमुख्यमन्त्री कमलबहादुर शाह, राप्रपाबाट एक मात्र प्रदेश सभा सदस्य खेमादेवी विष्ट, नेपाली काँग्रेसबाट सामानुपातिक सांसद गीताकुमारी चौधरी, नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य प्रकाशबहादुर बम, नेकपा एमाले बझाङ १ बाट प्रत्यक्ष प्रदेश सभामा निर्वाचित सदस्य दमनबहादुर भण्डारी, नेपाली काँग्रेसबाट समानुपातिक सांसद डम्बरी महारा, नेपाली काँग्रेसबाटै दार्चुला–१ को १ बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य विक्रमसिंह धामीले आफ्नो शैक्षिक योग्यता प्रदेशसभामा अभिलेख गराएका छैनन् ।
यस्तै नेपाली काँग्रेसबाट समानुपातिक प्रदेश सभा सदस्य तुलसी देवकोटा, नेपाली काँग्रेसबाटै समानुपातिक प्रदेश सभा सदस्य ललिता सुनार, नेपाली काँग्रेसबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित शिवराज भट्ट, काँग्रेसबाटै प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित दिवानसिंह विष्ट, काँग्रेसबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य बेलबहादुर राना मगर, नेपाली काँग्रेसबाट समानुपातिक प्रदेश सभा सदस्य सरस्वती खड्का, एकीकृत समाजवादीबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित निबर्तमान मन्त्री नरेशकुमार शाही, काँग्रेसबाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य मानवहादुर रावल, काँग्रेसबाट प्रदेश सभा सदस्य प्रकाशबहादर देउवा, काँग्रेसबाट प्रदेश सभा सदस्य मेघराज खड्का, काँग्रेसबाट समानुपातिक प्रदेश सभा सदस्य सुश्री जुनाकुमारी दानी, काँग्रेसबाटै प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य पदमबहादुर शाही, काँग्रेसबाट समानुपातिक सांसद मधुदेवी भारती र नागरिक उन्मुक्तिबाट प्रदेश सभामा समानुपातिक सांसद रहेकी मन्त्री टिका थापाले आफ्नो शैक्षिक योग्यता खुलाएकी छैनन्।
यता नेकपा एमालेबाट प्रदेश सभा सदस्य कोइलीदेबी चौधरी सामानुपातिक सांसद हुन। उनी अहिले उपसभामुख समेत हुन् । उनले सामान्य लेखपढ मात्र गरेकी छन्। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले शिक्षाशास्त्रमा प्रमाणपत्र तहसम्म पढेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट समानुपातिक सांसद इन्दीरा गिरीको शैक्षिक योग्यता एसएलसी मात्र छ । माओवादी केन्द्रबाट कञ्चनपुर–२ को १ बाट प्रत्यक्षमा प्रदेश सभा सदस्यमा निर्वाचित ओमविक्रम भाटले भने स्नातक गरेका छन्। नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य कैलाश चौधरीले बीबीएस गरेका छन् । माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य खगराज भट्टले आइएल गरेका छन् । नागरिक उन्मुक्तिका प्रदेश सभा सदस्य खुसीराम डगौरा थारुले बीकमसम्म पढेका छन् । माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सभा सदस्य गितादेबी मालले आइएड गरेकी छन् । उन्मुक्तिका प्रदेश सभा सदस्य घनश्याम चौधरीले भने एमए गरेका छन्। एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य प्रकाश रावलले व्यवस्थापन विषयमा स्नातक गरेका छन् । एमालेबाटै प्रदेश सभा सदस्य चक्रबहादुर मल्लले भने एमए गरेका छन् ।
माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य रमेशसिंह धामीले राजनैतिक शास्त्रमा स्नातक गरेका छन् । एमाले ससंदिय दलका नेता राजेन्द्रसिंह रावल स्नातकसम्म पढेका छन् । उन्मुक्तिबाट प्रदेश सभा सदस्य रामेश्वर चौधरीले स्नाकोत्तर गरेका छन् ।स्वतन्त्र सांसद ताराप्रसाद जोशीले भने बिद्याबारिधि गरेका छन् । एमालेबाट प्रदेश सभा सदस्य वीरबहादुर थापाले आइए गरेका छन् । नागरिक उन्मुक्तिबाट प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले आइएसम्म पढेका छन् । माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सभा सदस्य लक्ष्मी विकले स्नातक पास गरेकी छन्। एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य जानकी ऐर (बम)ले स्नातकसम्म पढेकी छन् ।
माओवादी केन्द्रबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित शिवसिंह ओलीले स्नातकसम्म पढेका छन्। एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्य दीर्घबहादुर सोडारीले शिक्षा शास्त्रमा स्नातक गरेका छन्। उनी हाल मुख्यमन्त्री छन् । त्यस्तै एकीकृत समाजवादीबाट समानुपातिक प्रदेश सभा सदस्य माया पन्तले १० कक्षासम्म पढेकी छन्। एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा (थापा) ले मानविकीमा प्रमाणपत्र तहसम्मको शिक्षा आर्जन गरेकी छन्। एमालेबाटै समानुपातिक प्रदेश सभा सदस्य धर्मराज पाठकले राजनीति शास्त्र र समाज शास्त्रबाट स्नातकोत्तर गरेका छन्।
माओवादीबाट समानुपातिक प्रदेश सभा सदस्य जानकीदेवी कुँवरले एसइइसम्मको अध्ययन गरेकी छन् । एमालेबाट प्रत्यक्ष निर्वाचिन प्रदेश सभा सदस्य सुरेन्द्रबहादुर पालले प्ल टु सम्मको अध्ययन गरेका छन् । माओवादीबाटबाट प्रदेश सभा सदस्यमा निर्वाचित मानबहादुर धामीले राजनीति शास्त्रमा प्रमाणपत्र तहसम्मको अध्यक्ष गरेका छन् । एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य निर्मलादेवी साउँद साक्षर मात्र हुन् । माओवादी केन्द्रबाट प्रत्यक्ष प्रदेश सभा सदस्यमा निर्वाचित झपटबहादुर साउँदले प्रविणता प्रमाणपत्रसम्म अध्ययन गरेका छन् । त्यस्तै एमालेबाट सामानुपातिक प्रदेश सभा सदस्य हिरा सार्कीले एसएलसी गरेका छन् ।