धनगढी : नेकपा एमाले गोदावरी नगर कमिटिको अध्यक्षमा हरि प्रसाद फुलाराले जबरजस्त दावी गरेका छन् । लामो समय राजनिति सगैं शिक्षा क्षेत्रमा रहेर काम गरेका फुलाराले नगर कमिटि अध्यक्षको आफुलाई बलियो दावेदारका रुपमा प्रस्तुत गरेका छन् । आगामी जेठ १५ गते अत्तरियामा हुन लागेको नगर अधिवेशनमा फुलाराले अध्यक्षको दावी गर्ने बताएका हुन् । २०६८ सालमा नेकपा माओवादी केन्द्रको वडा सचिव हुँदै २०७१ मा नगर उपाध्यक्ष तथा २०७४ सालमा पार्टी एकता पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कैलाली जिल्ला कमिटि सदस्य समेत उनि बनेका थिए । एकता पछि एमालेमै रहेका उनि ४ बर्ष भुमिका बिहिन रहे । यस पटक भने नगरको नेतृत्व लिन उनि तयार भएका छन् ।
ब्यवस्थापन र शिक्षा सकांय गरी दुई बिषयमा स्नातकोत्तर गरिसकेका फुलाराले अत्तरियाकै लोटर आई स्कुल र दुर्गा लक्ष्मी माध्यमिक बिद्यालयमा अध्यापन समेत गराउँदै आएका थिए । अब पुर्ण समय राजनितिलाई दिने उद्देश्य सहित नगरको नेतृत्व लिन तयार भएको उनले बताएका छन् । पार्टी नगर देखी प्रदेश र सघं सम्म गोदावरीबाट बिजयी गराउन आफ्नो नेतृत्व आवश्यक देखे र साथीहरुबाट सहयोगको आश्वासन आएपछि नेतृत्व लिन तयार भएको छु फुलाराले भने “मेरो समर्थनमा पार्टी प्रदेश कमिटि सदस्य गोकर्ण भट्ट, सोभा रावल, दामोदर रिजाल, साबित्रा घिमिरे, भान सिहं बि.क लेखा कमिटि सदस्य नर बहादुर रोकाया हुनुहुन्छ, जिल्ला कमिटि नेतृत्व मेरो साथमा छ, गोदावरीमा रहेका जिल्ला कमिटि उप सचिव गगां चौधरी सहित २५ जना मध्ये २२ जना मेरो समर्थनमा हुनुहुन्छ, सके मेरै नाममा सहमती हुन्छ नभए चुनावी प्रक्रियामा जान मलाई कुनै समस्या छैन ।”
नेताहरुले सके सहमतीबाट नेतृत्व चयन गर्ने बताएका छन्, भने सहमती नभए अन्तिम बिकल्प निर्वाचननै रहने बताइरहेका छन् ।