धनगढी : बैतडीका एक युवक रोजगारीको सिलसिलामा भारत जादै गर्दा बाटोबाटै बेपत्ता भएका छन् । जिल्लाको दोगडा केदार गाउँपालिका ३ का अन्दाजी ४० बर्षीय कैलाराम भुल रोजगारीको सिलसिलामा भारत जादै गर्दा बेङ्गलोर नपुगी बाटोबाटै बेपत्ता भएका हून ।
करीब एक हप्ता अगाडी रोजगारीको लागी बेङ्गलोर जान्छु भनी गएका लक्ष्मण बेङ्गलोर नपुगी बाटोमै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष कालुराम सार्किले बताए । बेङ्गलोर जादै गर्दा भारतको हुब्ली रेल्वे स्टेशन बाट भुल बेपत्ता भई तिन दिन सम्म पनि सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले खोज तलासका लागी सवैमा आग्रह समेत गरेका छन् । भुलको घरमा श्रीमती एक छोरा र छोरी रहेका छन् ।