बझाङ – लक्ष्मी लघुवित्त वित्तिय संस्था बझाङ शाखाले मृतक दुर्गा माया मगरका परिवारलाई बिमा रकम भुक्तानी गरेको छ िजयपृथ्वी नगरपालिका – १० चैनपुरमा रहेको लक्ष्मी लघुवित्तले मृत्यु भएकी जयपृथ्वी नगरपालिका–९ की मृतक दुर्गा माया मगरका श्रीमान भक्त बहादुर मगरलाई ६ लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाको शाखा प्रबन्धक सुमन रानाले समाजमा लघुवित्त संस्थाका विषयमा गलत प्रचार गर्ने गरेको भए पनि वास्तवमा त्यस्तो अवस्था नरहेको बताए । उनले लघुवित्तहरुले समुदायमा धेरै सहुलियत पुर्याउँदै आएको बताए । लघुवित्तका कर्मचारीले मृतक परिवारको घरसम्म पुगेर सहयोग रकम हस्तान्तरण गरेकोमा संस्थाप्रति मृतकका परिवार र केन्द्रका सदस्यहरूले धन्यवाद दिएका थिए ।
सो संस्थाको चैनपुर शाखामा आवद्ध ७ जना ऋणी सदस्यको हालसम्म मृत्यु भएको र ४४ लाख रकम भुक्तानी गरेको संस्थाका शाखा प्रबन्धक रानाले जानकारी दिए ।