धनगढी । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी गरिएको छ। अन्तर्राष्ट्रिय जैविक विविधता दिवसका अवसरमा घोडाघोडीमा तस्बिर प्रदर्शनी गरिएको पन्छी संरक्षण सङ्घका फिल्ड सहजकर्ता हिरूलाल डगौराले बताए। डिभिजन वन कार्यालय पहलमानपुुरको आयोजना तथा पन्छी संरक्षण सङ्घको व्यवस्थापनमा गरिएको तस्बिर प्रदर्शनीमा घोडाघोडी क्षेत्रमा पाइने ६५ प्रजातिका चराको तस्बिर प्रदर्शनी गरिएको उनले बताए। नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र ९वर्ड सेन्चुुरी० घोषणा गरिएको घोडाघोडीमा तीन सय ६० प्रजातिका चरा पाइन्छन्। चराहरूको फोटो प्रदर्शनी गर्दा निकै सुुन्दर देखिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुुख खडक रावतले बताए।
चरा संरक्षणप्रति जनचेतना जगाउने फोटो प्रदर्शनी गरिएको डिभिजन वन कार्यालय पहलमानपुुरका डिभिजनल वन अधिकृत राम बिचारी ठाकुुरले बताए।
उनले फोटो प्रदर्शनीले आगामी दिनमा चराहरूको संरक्षण गर्नका लागि स्थानीयहरूमा जनचेतना जाग्ने विश्वाससमेत व्यक्त गरे। घोडाघोडी क्षेत्रको जैविक विविधतामा असर नपुुग्ने गरी विकासको ढाँचा ल्याउनुुपर्ने प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीका निमित्त प्रमुुख डबलबहादुुर बोहोराको भनाइ छ।