धनगढी । कैलालीमा पोलियो विरुद्धको आई पि भी खोप अभियान २०८१ शुरु हुने भएको छ । यहि जेठ १३ देखी २६ गते सम्म जिल्लाका १३ वटा स्थानीय तहका ५ बर्ष मुनिका ४५ हजार भन्दा बढी वालवालिका लाई खोप लगाउँने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । २०७३ बैशाख देखि २९७५ असोज सम्म आई पि भी खोप लगाउँन छुटेका बालबालिकाहरु लाई पोलियो रोग लाग्ने उच्च जोखिम हुदाँ रोगबाट सुरक्षित गराउँन खोप अभियान संञ्चालन भईरहेको हो ।
पोलियो उन्मुलन भएका दक्षिण एसियाका देशहरुमा पोलियो रोगबाट पुर्णरुपमा सुरक्षित हुन आई.पि. भी खोप अनिवार्य भएको चिकित्सकहरुले बताएका छन् । यस खोप अभियान लाई प्रभावकारी बनाउँन आई.पि. भी खोप लगाउँने उमेर समुहका अधिकाशं बालवालिकाहरु विद्यालय जाने उमेरका भएका कारण विद्यालयमा खोप केन्द्रहरु राखिने छन् ।
त्यस्तै विद्यालय नजाने बालवालिकाहरुले पनि नजिकैको विद्यालयमा गएर खोप लगाउँन सक्नेछन् । विद्यालयमा समेत खोप लगाउँन छुटेका बालवालिकाले स्थानीय स्वास्थ्य संस्थामा गएर समेत खोप लगाउँन सक्ने छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आसुतोष श्रेष्ठले खोप अभाबका कारण २०७३ साल बैशाख देखि २०७५ असोज महिना सम्म जन्मिएका बालववालिकाहरुले आई.पि.भी खोप लिन जरुरी रहेको जानकारी दिए । आई.पि.भी खोप अभियान २०८१ सफल पार्न जिल्लास्तरिय खोप समन्वय समितीले धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको थियो । पत्रकार सम्मेलनमा जिल्ला समन्वय समितीका कायवाहक सभापति, कैलालीका प्रमुख जिल्ला अधिकारी पत्रकार र स्वास्थ्यकमीहरुको सहभागिता रहेको थियो ।