बैतडी । बैतडीको पाटन नगरपालिका ६ पौडीकी ६८ वर्षीया बेलु विष्टको मृत्यु भएको छ । प्रहरीका अनुसार उनको मंगलबार बेलुका पौने ५ बजेतिर मृत्यु भएको हो ।
मृतक विष्ट तीनचार दिनअघि घर नजिकै लडेर घाइते भएकी भएकी थिइन् । उनलाई मंगलबार मात्रै उपचारका लागि पाटनस्थित डिएस पोलिक्लिनिकमा ल्याइएको थियो ।
उपचारपछि घर फर्कने क्रममा एक्कासी बेहोस भएर बाटोमा ढलेकी विष्टको सोही ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।