धनगढी : डडेल्धुरामा हावाहुरीका कारण रुख खसेपछि दुई जना घाइते भएका छन्। जिल्लाको भागेश्वर गाउँपालिका–३ मा सल्लाको खोटो सङ्कलनका लागि गएका दुई जना सोमवार राति घाइते भएका हुन्। कैलालीको गोदावरी नगरपालिका–२ तेघरीका चक्र सिजाली मगर र डोटीको जोरायल गाउँपालिका–४ पातलका ४१ वर्षीय उधव सिजाली मगर माथि सल्लाको रुख खसेको हो।
डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई धनगढी ल्याइएको छ।