धनगढी : भीरबाट खसेको ढुंगा लागेर डडेल्धुरामा एकजनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–५ ठकुरी टोलका ५१ वर्षीय गणेश लुहारको ढुंगा लागेर मृत्यु भएको हो ।
महाकाली किनारको घोप्टे भन्ने ठाउँमा हावा–हुरीका कारण भीरबाट खसेको ढुंगा लागेर गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेका उनको घटना स्थलमा मृत्यु भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय, जोगबुढाको टोलीले घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको छ ।