नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागले बैठकको आह्वान गरेको छ । आइतबार विभागका प्रमुख सुरत रावत डोटेली कान्छाले एक वक्तव्य जारी गर्दै बैठकको आह्वान गरेका हुन् ।
वक्तव्यमा कांग्रेसको विधानको धारा १३, उपधारा ९१० बमोजिम कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको भाषा, साहित्य, कला तथा संस्कृति विभागमा मनोनीत विभागीय सदस्यहरूलाई बैठकका लागि अनिवार्य उपस्थिति हुन भनिएको छ । विभागीय प्रमुख रावतका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाबाट मनोनीत विभागीय सदस्यहरू सहभागी रहने बैठक जेठ १८ गते बस्ने र विभागका विभिन्न कार्यक्रमहरू समेत तय गर्ने जनाइएको छ ।