कञ्चनपुरः कञ्चनपुरका दुइ स्थानबाट अवैध सामान बरामद गरिएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाडी र बेलौरी नगरपालिका–२ बैजुडाडार दिनापुरबाट भारतबाट भन्सार छलि गरि ल्याएका करिब ५० हजार आठ सय ७० मूल्य बराबरको प्याज, चिनी, पेय पदार्थ, इलाष्टिक, चक्लेट, गुड, लेडिजकुर्ता, धोती, पाईन्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो।