धनगढी : सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले सरकार बिस्तारको तयारी गरेका छन् । एमाले, माओवादी र स्वतन्त्र सांसदलाई समेटेर सरकारलाई पुर्णता दिने सोडारीको तयारी छ । हालसम्म सत्तारुढ दलबाट मन्त्रीको नाम सिफारिश नभएका कारण सोडारीले सरकारलाई पुर्णता दिन सकेका छैनन् । मन्त्रीका लागी दलहरुमा हानथाप बढेको छ । सत्तारुढ माओवादी केन्द्रमा मन्त्रीकै बिवादले संसदिय दलको नेता समेत परिवर्तन गरिएको थियो । यस पटक फेरी पुरानै मन्त्री दोहोरिने सम्भावना बढेको छ ।
सुदुरपश्चिममा स्थाई समिति सदस्य समेत रहेका निबर्तमान दलको नेता खगराज भट्टले पुरानै दुई मन्त्रीलाई दोहो¥याउनुपर्ने अडान राखेपछि केही महिनाका लागी भएपनि पुरानै मन्त्री दोहोरिने सम्भावना बढेको हो । मुख्यमन्त्री सोडारीलाई बिश्वासको मत दिने बिषयमा खगराज भट्टले दलमा यही अडान राखेको माओवादी श्रोत बताउँछ । दलकै सहमतीपछि भट्ट सोडारीलाई बिश्वासको मत दिन तयार भएको श्रोतले बतायो । माओवादीले तत्कालिन सामाजिक बिकास मन्त्री रहेका झपट साउँद र उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रहेका रमेश सिहं धामीलाइनै फेरी जिम्मेवारी दिन तयारी गरेको नेताहरु बताउँछन् ।
यद्दपि उनीहरुका नाममा माओवादीको संसदीय दलभित्र सहमती भने भएको छैन । यसअघि माओवादीका उपाध्यक्ष नारायणकाजीको लाईनबाट साँउद र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लाईनबाट धामी मन्त्री भएका थिए । दुबै जना छोटो अबधि मात्र मन्त्री भएकोले माओवादी केन्द्र पुनः यस पटक पनि उनीहरुलाई नै सरकारमा पठाउने तयारीमा रहेको बताईएको छ । माओवादी केन्द्रका संसदीय दलका नेता मान बहादुर धामीले भने भागबण्डा केन्द्रबाटै टुगिंने र संसदिय दलले सरकारमा जान मन्त्री सिफारिश गर्ने बताएका छन् । हाल त्यस बारे कुनै निर्णय नभएको उनले बताए । माओवादी ससंदिय दलका उप नेता अक्कल रावलले पुरानै नदोहोरिने बताए । कसैको आफ्नो इन्टेसटले हल्ला गरिएपनि त्यस्तो कुनै निर्णय नभएको उनले बताए ।
हालसम्म एमालेबाट सुरेन्द्र पाल मन्त्री बन्ने लगभग निश्चित भएको छ भने, बिर बहादुर थापा, चक्र मल्ल तथा दमन भण्डारी समेत मन्त्रीको लाइनमा छन् । माओवादीबाट पुरानै मन्त्री बाहेक शिव ओली, अक्कल रावल, सरल भाट लगायत मन्त्रीका लागी दौडधुपमा छन् ।