कञ्चनपुरः कञ्चनपुरमा बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका ५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ६१ वर्षीय राम ज्ञान चौधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनले ती बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई शुक्रवार पक्राउ गरेको हो। घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कञ्चनपुरमा १२ बर्षिय बालिका करणी आरोपमा एक जना पक्राउ
कञ्चनपुरमा १२ बर्षिय बालिका करणी आरोपमा एक जना पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु