धनगढी : उधोग, बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारीले काग्रेंसको सत्ता बर्हिगमन आक्रोस सदनमा पोखिरहेको बताएका छन् । धनगढीमा प्रेस चौतारी नेपाल कैलालस् साखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले काग्रेंस मात्रै सत्ता बर्हिगमनको आक्रमेसमा उत्रेको बताएका हुन् । काग्रेंसले हिजो ससंदमा जुन खालको अमर्यादित र अराजकता देखायो त्यो ससंदिय मर्यादा बिपरित थियो भण्डारीले भने “ससंदिय मर्यादा भुलेर काग्रेंसले सत्ता बिमुख भएको आक्रोस पोखिरह्यो, त्यति मात्रै होइन पुर्व प्रधानमन्त्री केपी सर्मा ओलीमाथी आक्रमणमै उत्रेर काग्रेंस झन अराजक बन्यो, यो खेदजनक छ ।”
सिगों सहकारी क्षेत्रको छानबिनका लागी समिति बनाउन काग्रेंसले मानेन उसले मात्रै एउटा ब्यक्तीको मात्रै छानबिन गरिनुपर्ने अडान राखिरहेको छ भण्डारीले भने “सहकारी पिडित देशभरी कति छन् उहाँहरुका समस्या समाधान प्रती काग्रेंसलाई चिन्ता छैन, मात्रै एकजना गृहमन्त्री माथी आक्रमण गरिरहेको छ, सहकारीको सबै समस्या हल गर्न समिति गठन गर्ने र ऐन ससाेंधन सम्ममा काग्रेंस तयार हुनुपर्छ, सबै क्षेत्रको समितिले अनुसन्धान गर्छ जो दोषी हुन्छ कार्वाही भोग्छ नी, तर यसरी ब्यक्तीमाथी आक्रमणले समस्या समाधान हुँदैन ।”
मन्त्री भण्डारीले आगामी आर्थिक बर्षका लागी सरकारले ल्याएको निति तथा कार्यक्रमबाट प्रतिफल देखाउने गरी दिशा निर्देश गरेको बताए । हामीले ल्याएको निति तथा कार्यक्रमबाटै सरकारको लक्ष स्पस्ट भइसकेको छ, यो निति तथा कार्यक्रमले सम्भावनाको आश जगाएको छ, त्यो अनुसारको बजेट आउँछ, बिषेश गरी कर्णाली र सुदुरपश्चिमलाई सन्तुलन कायम हुने गरी यस पटकको बजेट आउनुपर्छ भनेका छौँ, यहाँको गरिबिलाई कम गर्ने गरी बजेट आउँछ ।”