धनगढी: कञ्चनपुरको सीमावर्ती क्षेत्र बेलडाँडिबाट सशस्त्र प्रहरीले ठूलो परिणाममा भन्सार छलिका सामान बरामद गरेको छ। प्रहरीले बिहीबार बेलडाँडी गाउँपालिका–३ वनपुर्वाबाट ७ लाख २८ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको हो।
जसअन्तरगत भन्सार छली गरि नेपाल भित्राइएको ३६१ बोरा गहुँ, १ सय जोर स्कूल ड्रेस जुत्ता, कन्भर्स सुज ६४ जोर ,फेसन सुज १४ जोर ,सेल्फी सुज १० जोर, चप्पल ८ जोर रहेको सशस्त्र प्रहरी ३५ नम्बर गण झलारी कञ्चनपुरका प्रमुख एसपी खगेन्द्र चन्दले जानकारी दिए। उनले बरामद गरिएका सामान आवश्यक कारवाहीको भन्सार कार्यालय पठाइएको जनाए। सामान ढुवानीमा संलग्न भने फरार भएको बताइन्छ।