धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भोलि (विहिबार) विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीमा समर्थन गरेकै नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिका दुई सांसद र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिनेछन् । यस अघिसम्म एमाले विश्वासको मत दिन तयार नभएपछि दुई पटकसम्म प्रदेश सभा बैठक स्थगित गरिएको थियो । बैशाख २१ र २२ गते प्रदेश सभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ। उक्त दिन विश्वासको मत दिने एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए । एमाले संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
दलबाट यस अघीनै निर्णय गरिसकेको माओवादी र एमालेले आज मात्रै बिश्वासको मतका लागी ह्वीप जारी गरेको छ । मुख्यमन्त्री सोडारीले तिन दल एक स्वतन्त्र र नागरिक उन्मुक्तीका दुई सांसदको मत पाउने छन् । उन्मुक्तीकै रेशमलाल चौधरी पक्षका ५ प्रदेश सांसद बिपक्षमा उभिने छन् । नेपाली काग्रेंसले भने मुख्यमन्त्री सोडारीले बिश्वासको मत लिने बैठकमा अवरोध गर्ने सम्भावना छ । आज बसेको कार्यब्यवस्था परामर्श समितिको बैठक समेत काग्रेंसले बहिस्कार गरेको थियो । बैठकमा पुगेका प्रमुख सचेतक बिक्रम सिहं धामी उपस्थिती नगरेरै फर्किका थिए । प्रमुख सचेतक बिक्रम सिहं धामीले आधिकारिक निर्णय नभएपनि मुद्धाको बिषयलाई लिएर बिरोध हुन सक्ने बताए । हामीले यो सरकार अबैधानिक भनेका छौँ, बहुमत पुगेका लक्ष्मण किशोरलाई मुख्यमन्त्री नियुक्त नगरेर प्रदेश प्रमुख बाट अर्को सुचना जारी हुनुनै गलत थियो धामीले भने “हामी त्यसका बिरुद्ध अदालत गएका छौँ, सायद त्यसको फैसलापनि भोलीनै आउने छ, सोही दिन बिश्वासको मतका लागी बैठक डाकिएको छ, गलत तरिकाले मुख्यमन्त्री नियुक्ती भएका सोडारीको बिश्वासको मत लिने कार्यक्रममा हाम्रो बिरोध हुनसक्छ, बिश्वासको मत दिने भनेर साथीहरुले गलत हल्ला फैलाएका थिए, त्यसो हुने कुरै भएन हामी यो सरकारलाई अबैधानिक सरकारका रुपमा हेरिरहेका छौँ ।”
वैशाख ६ गते एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, रन्जिता पक्षको नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र एक सांसदको समर्थनमा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। जेठ ४ गतेसम्म उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । हालसम्म सोडारी र दुई मन्त्री मात्रै नियुक्ती भएका छन् । अब एमाले, माओवादी र स्वतन्त्र सांसदलाई सोडारीले सरकारमा सहभागी गराउने छन् । बिश्वासको मतपछि सरकार बिस्तार गर्ने योजना बनाएका सोडारीले मन्त्रालयको भागबण्डा भने टुग्यांउन सकेका छैनन् । ५३ प्रदेशसभा सदस्य रहेको प्रदेशसभाबाट सोडारीले बहुमतको लागि २७ मत पाउनुपर्छ । एमालेका ११, माओवादीका सभामुखसहित ११, एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र एक सांसद छन् । नाउपामा आन्तरिक विवाद छ । रेशम पक्षका सांसदहरू सरकारको विपक्षमा छन् भने रन्जिता पक्षका २ सांसद सरकारमै सहभागी छन् ।