धनगढी । सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सकिएको छ । आजै फैसला गर्ने तयारी रहेको जनाइएको छ । यसअघि न्यायाधीशले मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए । आज बहस भएको र आजै मुद्दा टुङ्ग्याउन सक्ने बताइएको छ ।
जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीप पुनरावेदनमा गएका हुन् ।
आज सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरे भने गौशाला २६ को पक्षमा ६ जनाले बहस गरेका छन् ।