सुदुरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आगामी जेठ ३ गते प्रदेशसभाबाट बिश्वासको मत लिने तयारी गरेका छन् । सोडारीले बिश्वासको मत लिने तयारी गरिरहँदा एमाले सो दिन मत नदिने मनसायमा छ । माओवादी ससंदिय दलले भने बिश्वासको मत दिने तयारी गरेको छ । सो दलमा रहेका पार्टी स्थाई समिति सदस्य खगराज भट्ट भने बिश्वासको मत दिने निर्णयमा पुगेका छैनन् । खगराज भट्टको बटमलाइन के हो, कुन अवस्थामा उहाँ बिश्वासको मत दिनुहुन्छ भन्ने बिषयमा स्टेट सेभेन अनलाइनका सह सम्पादक दिनेश बिष्टले गरेको कुराकानी ।
सर स्वागत छ
धन्यवाद
अस्ती मात्रै माओवादी ससंदिय दलको बैठक काठमाण्डौँमा बस्यो तपाइलाई खबर थिएन की किन जानुभएन ?
म मेरो निर्वाचन क्षेत्रको कार्यक्रम अन्तर्गत जनतासंग थिए, त्यतिबेला मलाई खबर आयो काठमाण्डौँ पुग्न सक्ने म सगं समय थिएन । त्यही भएर छुट्यो अन्यथा होइन ।
ससंदिय दलको नेतामै पुनर्वहाली तपाइको अडान छोड्नुभाको हो ?
अडानहरु परिमार्जन हुन्छन, थपिन्छन्, घट्छन् त्यो राजनितिक घटनाक्रममा भइरहने हो । जहाँसम्म जे भएको थियो, बेठिक भएको थियो त्यसलाई सच्याउनुपर्छ गलत भयो भनेर पार्टीले निस्कर्ष गरेपछि मेरो अडान सहि भएको पुस्टी भयो । जहाँसम्म ससंदिय दलको निर्णय बारे मलाई अफिसियल रुपमा जानकारी आइसक्या छैन । साथीहरुले ब्यक्तीगत के बोल्नुभयो थाहा भएन र दलले गरेको निर्णय मलाई जानकारीमा नआएकोले अहिलेनै मेरो प्रतिकृया दिन हतार हुन्छ ।
तपाइलाई हटाएर मान बहादुर धामीलाई दलको नेता बनाइएपनि तपाइले स्वूकार गर्नुभएको थिएन, अब स्वूकार्नु भएको हो ?
मेरो अडान पार्टीमा सस्ंथापक रुपमा राख्या छु, आन्तरिक कुराहरु दलमै छलफल गर्नुपर्छ, सधैँभरी मिडियामा र बाहिर बोल्ने कुरा भएन, बहस छलफल जिवित छन् अझैँ निक्र्यौल भइसकेको छैनन् ।
३ गते मुख्यमन्त्री सोडारीलाई तपाई बिश्वासको मत दिनुहुन्छ की हुन्न् ?
सोडारी सरकार बनेपछि एउटा कुरा अदालतमा मुद्धा परेको छ, त्यो मुद्धा कसरी किनारा लाग्छ हेर्न बाँकी छ । दोश्रो कुरा मुख्यमन्त्रीले दुई पटक बिश्वासको मत लिन खोज्दा एमालेले ठोस निर्णय दिएको छैन, अनी मिति सारिएको छ, त्यस कारण गठबन्धनका सबै दलहरुको साझा सहमती र सकंल्प के बन्छ, यो कुरा बनिसकेपछिनै नयाँ स्टेपका बारेमा छलफल हुन्छ ।
तपाइको दलले बिश्वासको मत दिनका लागी ह्वूप जारी गरेपछि तपाई मत दिनुहुन्छ ?
म के गर्छु भनेर अहिले केहीपनि बोलेको छैन । दिने नदिने केही बोलेको छैन, म सोच्दैछु, टुग्यांएको छैन, कुनै निर्णयमा पुगेको छैन ।
मन्त्री दिए सहमतीमा आउनुहुन्छ भन्ने चर्चा छ मन्त्री खान तयार हो तपाई ?
मुख्यमन्त्री बाहेक अर कुनैपनि मन्त्री मेरा लागी स्वूकार्य हुँदैन । मेरो स्टेन्थ यही हो बाहिर कसले के हल्ला गर्छ त्यसकोपछि लाग्न मैले जरुरी छैन ।
तपाई सगं भएका ४ जना मध्ये २ जना बैठकमा सहभागी हुनुभयो २ जना हुनुभएन किन त्यस्तो भयो ?
प्रदेश इनचार्जकै उपस्थितीमा दलको बैठक बसेको हुनाले त्यो बैठकमा साथीहरु जाने कुरा अन्यथा होइन । अस्थी याँपनि छलफल भएको थियो, त्यसमा म पनि थिए, त्यसलाई बैठक भन्दापनि छलफल भन्न मिल्छ । छलफलमा सहभागी हुनु अन्यथा होइन ।
मुख्यमन्त्री ज्युले तपाइसगं ब्यक्तीगत छलफल गर्नुभाछ ?
अहिलेसम्म छैन ।
त्यसो भए बिश्वासको मत दिने बिषयमा तपाई अलमलमै हुनुहुन्छ ?
हाम्रा केही जिज्ञासा प्रश्नहरु संसदिय दल सगं हुने भए । समग्र सरकार सगंपनि हुने भए । ति बिषयको सम्बोधन कसरी हुन्छ भन्ने जिज्ञासा त रही रहने भयो, हिजो माओवादीलाई लो प्रोफाइल मन्त्रालय दिइयो, मर्यदाक्रममा पछाडी, सरकार गठनमा अडान लिन सकेन भनेर मलाई दल नेता हटाइया थियो । त्यसो भए अब हाम्रो मर्यादाक्रम के हुने त, माओवादीलाई सम्मान जनक हैसियत सहित सरकारमा के हुन्छ, धेरै प्रश्न छन् जसको निवारण हुन जरुरी छ ।
के अब दलको हैसियत अनुसारनै मन्त्रालय पाउँछ त माओवादी ?
माओवादी पुग्नुपर्यो, हिजो हामीलाई सकेन भनेर हटाइएको थियो । अब सक्नुपर्यो नभए के अर्थ त दलको नेता हटाएको ।
दलको नेता हटाइएपछि पार्टीका अन्य पदका लागी छलफल गरिराख्नुभाको हो ?
छैन सबै हल्ला हुन् । मैले त्यस प्रकारको राजनितिक बार्गेनिङ गर्न सक्दैन । त्यो मेरो नेचरको बिषयपनि होइन ।
अझैँ सम्बाद बाकीँ छ त्यसो भए ससंदिय दल र पार्टीमा ?
सम्बाद त बाकीँ नै छ नी, हल केही भएको छैन । बिश्वासको मतका लागी पनि कुनै छलफल भएको छैन ।
बिश्वासको मतका लागी सम्बाद तथा छलफल भए पछि तयार हुनुहुन्छ ?
बिषय कसरी अगाडी बढ्छ त्यो रहन्छ । कमसेकम मैले बिश्वासको मत दिन्न त भन्या छैन नी, दिन्न नभन्दा सम्म त म बिपक्षमा छ भन्ने अर्थ त लाउनु भएन नी । तर बिश्वासको मत दिनका लागी चाहिने आवश्यक वातावरण बन्नुपर्ने हो त्यो बनेको छैन ।
तपाइको एक्लै अडान की दुई जना अनिर्णित ?
त्यो हामी सल्लाह गर्दै छौँ, को को हुन्छन भन्ने कुरा थाहा पाइहाल्नु हुन्छ नी, थप्ला घट्ला त्यो ससंदिय समिकरणमा भइरहने कुरा हुन्, त्यसमा मलाई केही छैन, मेरो ब्यक्तीगत कुरा हो । मेरो ब्यक्तीगत कुरामा अरु सहमत हुनुहुन्छ, नहुनपनि सक्नुहुन्छ तर टिम भन्या राजनितिक रुपमा बिचार मिलेरै हुने हो, जुन दिन मिल्दैन भत्किने कुरा हो, जुन दिन सहमती हुन्छ प्लस हुन्छ जुन दिन सहमती हुन्न माइनस हुन्छ ।