धनगढी : नेकपा एमाले सुदुरपश्चिम प्रदेशसभा ससंदिय दलका नेता राजेन्द्र सिहं रावलले मुख्यमन्त्रीलाई बिश्वासको मत दिन हालसम्म कसैले नभनेको बताएका छन् । पुर्व मुख्यमन्त्री समेत रहेका रावलले आइतबार सञ्चारकर्मीहरुको प्रश्नमा जवाफ दिदै आफुकहाँ मुख्यमन्त्री दीर्घ सोडारीले बिश्वासको मत बारे कुनै सल्लाह नगरेकाले हालसम्म कुनै निर्णय नगरेको बताए । म सगं कुनै सल्लाह भएको छैन ३ गते बिश्वासको मत लिने कुरा थाहा भएन रावलले पत्रकारहरु सगं भने “हालसम्म सरकारको न्युनतम साझा कार्यक्रम बनेको छैन, बजेट ल्याउने बेला भएको छ त्यो बारे छलफल छैन, बिश्वासको मत लिने बारे म सगं कुनै छलफल भएको छैन, काठमाण्डौँबाट कसैले बिश्वासको मत दिन्छन भने थाहा भएन, म सगं न मेरो अध्यक्षले बिश्वासको मतका लागी कुरा गर्नुभएको छ, न मुख्यमन्त्रीले नै ।”
बिश्वासको मत प्रधानमन्त्रीले दिने हो की, एउटा दलको नेताले दिने हो की, सबै सत्ता घटक सांसदहरुले दिने हुन उनले भने “सत्तामा रहेका दलहरु सगं परामर्ष छैन, अनी प्रधानमन्त्रीले, कुनै एकजना दलको नेताले भन्दा सबैले मत दिन्छन्, यो समिकरण हो, म कसैको आदेशको पालक होइन, मेरो दलको नेता, अध्यक्षले मलाई केही भन्नुभएको छैन, कसैले बिश्वासको मत लिन्छु भन्दैमा किन दिने, जबसम्म मेरो अध्यक्ष केपी ओलीले मलाई भन्नुहुन्न तबसम्म हामी बिश्वासको मतका लागी कुनै निर्णय गर्दैनौँ ।”
माथी खुट्टा उचाल्न मैले भन्या हो र तल उउटा समिकरण गर्ने माथी अर्कै उनले भने “कहिले यता कहिले उता गर्नेलाई सोध्नुपर्ने हो नी बिश्वासको मत कोले दिने हो भनेर ।” काठमाण्डौँकै आदेश पर्खिनुपर्ने हो तपाइहरु आफै निर्णय गर्नसक्ने स्थितीमा हुनुहुन्न भन्ने सञ्चारकर्मीको प्रश्नमा रावलले हाम्रो दलिय सिस्टममा दलको निर्णय मान्नुपर्ने बताए । हामी केन्द्रदेखी यहाँसम्म एउटै दल हो नी, अनी दलको नेताको निर्णय मान्नु परेन उनले भने “यो बहुदलिय ब्यवस्था हो, दल बिपरित जाने कुरा हुँदैन, हामी ब्यक्तिका पछाडी होइन दलको निर्णय मान्छौँ, अहिलेसम्म कुनै परामर्ष भएको छैन, माथी मात्रै परामर्श गर्ने होकी मसितपनि परामर्श गर्ने हो, मलाई प्रचण्डले अनी मुख्यमन्त्रीले निर्देशन दिने होइन, समिकरणमा आबद्ध दलहरु सगं छलफल भएको छ की छैन, दुइटै पल्ट यहि गल्ती गर्नुभो उहाँले, सांसद किरियामा हुनुहुन्छ मुख्यमन्त्री बिश्वासको मत लिन तम्सिने यही हो हामीले सिकाको राजनिति ।”
बिधिको शासन खोजिरहेका हौँ हामी, प्रणाली अनुसार चल्नुपर्छ उनले भने “हामी राजा फालेर आएका हौँ, अहमताले चल्दैन, यो डेउडा हो साझा, डेउडा हाल्ने र डेउडा खेल्नेको भाका त मिल्नुपर्ला नी, उहाँले समन्वय गर्नु पर्दैन, ससंदिय अभ्यास के हो थाहा होला नी, हामीले अर्को गठबन्धन खोजेका छैनौँ नी ।”