काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणका आरोपित जीबी राई भगाएको आरोपको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएका छन् ।
शनिबार चितवनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जिबि राईलाई अघिल्लो सरकारले भगाएको अभिव्यक्ति दिएका थिए । शनिबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका हुन् ।
गृहमन्त्रीले नै यसअघिको सरकारले जीबी राईलाई भगाएको आरोप लगाउनु भएको छ । योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो’ उनले भने ।
महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको तथ्य र प्रमाण आफूहरुसँग रहेको भन्दै संसदीय छानबिनका आधारमा त्यसलाई गलत प्रमाणित गर्न चुनौती दिए ।