धनगढी। सुदूरपश्चिमको तराई कैलाली र कञ्चनपुरमा धेरै समयपछि पानी परेको छ । गर्मी र खडेरी भएको धेरै समयपछि पानी पर्दा सर्वसाधारण र किसानलाई राहात पुगेको छ। जलवायु विज्ञ डा.धर्मराज उप्रेतीका अनुसार सुदुरपश्चिमको कञ्चनपुर, कैलालीसहित पहाडी भागमा वर्षा सुरु भएको छ । पछिल्लो एक घन्टा कंचनपुरको दोधारामा ८ दशमलव ४ मि.मि. बर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ।
महाशाखाका अनुसार धनगढीको गर्मी केहीदिन ४० डिग्री सेल्सियस पुगेको थियो।यस्तै सुदुरपश्चिमसहित कोशी, गण्डकीप्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।