धनगढी। कैलालीमा चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भई फरार रहेका गोदावरी नगरपालिका–१ बस्ने ५९ वर्षीय चन्द्रदेब पन्त पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनलाई घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा पेश गरेको छ।