धनगढी। धनगढी उपमहानगरपालीका ३ बिशालनगरमा रहेको कोविदा इन्टरनेशनल एकेडेमिले कक्षा ८ को परिक्षामा सत प्रतिशत नतिजा ल्याउने बिद्यार्थी र बिद्यार्थीका अभिभावकलाई सम्मान गरेको छ।
एकेडेमीबाट कक्षा ८ को नगरस्तरीय परीक्षामा सहभागी २५ जना परीक्षार्थीमा सत प्रतिशत नतिजा ल्याउने बिद्यार्थी र तिनका अभिभावकलाई बुधबार सम्मान गरेको हो। एकेडेमीले अभिभावक तथा बिद्यार्थी सम्मान कार्यक्रमको आयोजना गर्दै कक्षा ८ को परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल बिद्यार्थी र तिनका अभिभावकहरुलाई सम्मान गरिएको बिद्यालयकी कोर्डनेटर कान्ती गिरीले बताइन् ।उनले भनिन्, यो बर्ष मात्र नभई अघिल्लो बर्षहरुमा कोविदा इन्टरनेशनल एकेडेमीमा अध्ययनरत बिद्यार्थीहरुले राम्रो अंक ल्याएर पास भैरहेका छन् । यो बर्ष कक्षा ८ को नगरस्तरीय परीक्षामा पनी सहभागी धेरै जसो बिद्यार्थीले राम्रो जिपीए ल्याएर पास भए, यो बिद्यालयको लागी खुसीको कुरा हो, उनले भनिन् ।
यस्तै बिद्यालयका प्रिन्सीपल पुस्कर राज पाण्डेयले राम्रो नतिजा ल्याउनु बिद्यार्थी तथा शिक्षकको महेनत र अभिभावकको बिश्वास भएको बताए । उनले भने, आफुले एकेडेमीको नेतृत्व समाह्लेपछि शैक्षिक तथा भौतिक ब्यवस्थापनमा जोड दियौँ । हामी धनगढीका अन्य बिद्यालय भन्दा फरक किन छौँ भन्दा, हामीले बिद्यार्थीलाई मनोभावना बुझेर पढाउने गरेका छौँ उनले भने, कमजोर बिद्यार्थीलाई अतिरिक्त कक्षाको ब्यवस्था मिलाइएको छ ।यति मात्रै हैन्, पढाउने पद्धती, तरिका, शिक्षकको निर्देशन तथा पढाइको उपयोगीतालाई जोड दिदै आएका छौँ। यस्का साथै बिद्यार्थीहरुलाई बिभिन्न रचनात्मक कृयाकलाप, शैशिक भ्रमण, बिभिन्न बैज्ञानिक कृयाकलाप, खेलकुद गतिबिधी, ब्यक्तित्व बिकास, मनोरञ्जन लगायतका कार्यक्रम बिद्यालयले गराउँदै आएको छ, प्रिन्सीपल पाण्डेयले भने, यस्ले गर्दा पनी बिद्यार्थीले राम्रो अंक ल्याएका हुन् ।उनले भने, हामीले बिद्यार्थीहरुको सेवा सुविधालाई मध्य नजरराख्दै स्कुल बस, खेलमैदान, सुविधा सम्पन्न शौचालय, खानेपानी, प्रयोगशाला,पुस्तकालय लगायतको राम्रो ब्यवस्थापन जुटेका छौँ। हामी बिद्यार्थी, अभिभावक तथा शिक्षकसँग समन्वय गरेर सल्लाह सुझाब अनुसार अघि बढ्ने गरेका छौँ।यता कक्षा ८ को परिक्षामा सतप्रतिशत नतिजा र राम्रो जिपीए ल्याएर पास भएकोमा बिद्यार्थी खुसी छन् । बिद्यालयको राम्रो बातावरणका साथै अतिरिक्त कृयाकलापसहित सेवा सुबिधामा जोड, शिक्षकको पढाउने तरिका र आफूहरुको महेनतले राम्रो नतिजा ल्याउन सफल भएको बिद्यार्थीहरुको भनाई छ ।बिद्यालयले गरेको प्रगतीप्रति अभिभावक पनी खुसी देखिएका छन् । आफुहरुको चाहाना पनी छोराछोरीले राम्रो नतिजा ल्याउन र अभिभावकको चाहाना पुरा गरोस् भन्ने हुन्छ । त्यो छोराछोरीको नतिजाले देखाएको छ। कोविदा इन्टरनेशनल एकेडेमीको शिक्षक शिक्षिकाको ब्यवहार र बिद्यालयको नतिजाबाटै प्रगती भैरहेको महसुस भएको उनीहरु बताउँछन्।