डडेल्धुरा। डडेल्धुराका एक युवक भारतको कालुपुर रेल्वे स्टेशनमा मृत अवस्थामा फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका-९ का २५ वर्षीय सागर विक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेशनमा मृत फेला परेका हुन्।
आफन्तका अनुसार उनी अहमदाबाददेखि पन्जाब जान्छु भनेर ४ दिनअघि कालुपुर रेल्वे स्टेशनबाट हराएका थिए ।खोजी गर्ने क्रममा टाउकोमा चोट लागेको अवस्थामा उनको शव हिजो(बुधबार) सोही रेलवे स्टेशनमा फेला परेको बताइएको छ। परिवारले हत्याको आशंका गरेको छ। उक्त विषयमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको छ।विकको परिवार १५ वर्षदेखि पन्जाबमा बस्दै आएका थिए ।