धनगढी। कैलालीमा वन मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन्।जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा फरार रहेका गोदावरी नगरपालिका–४ बस्ने ४६ वर्षीय प्रेम मल्ल पक्राउ परेका छन्।
जिल्ला अदालत कैलालीले मल्ललाई ३ महिना कैद सजाय र २ लाख ७५ हजार जरिवाना ठहर गरेको थियो । जरिवाना ठहरपछि फरार रहेका मल्ललाई बुधवार अस्थायी प्रहरी पोष्ट गोदावरीबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरेको हो । सजाए भुक्तानका लागि अदालतमा पेश गरेकोमा जिल्ला अदालत कैलालीले कारागार चलान गरेको छ ।