कञ्चनपुर। कञ्चनपुरमा अटो रिक्सा र मोटरसाइकल ठोकिएर दुर्घटना भएको छ। आज बुधवार जिल्लाको पुनर्वास नगरपालिका–३ की माया तामाङको धनगढीस्थित माया मेट्रो अस्पतालमा हुँदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ।
पुनर्वास नगरपालिका–२ मोती बस्तीमा मङ्गलवार सुपप्र०१–००१ ह ४९१३ नम्बरको अटो रिक्सा र से ४ प २९६७ नम्बरको मोटरसाइकल ठोकिएका थिए। मोटरसाइकलमा सवारी पुनर्वास नगरपालिका–३ कि मायाकुमारी तामाङको बुधवार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ। घाइते भएका मोटरसाइकका चालक आइतेबहादुर तामाङको उपचार भैरहेको छ। अटो रिक्साका चालक जयराम चौधरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।