धनगढी। कैलालीमा सामुदायिक वन भित्र लुकाईएको अबैध काठ बरामद गरिएको छ। कैलालीको गौरीगंगा नगरपालिका–९ बनखेतमा रहेको गौरीगंगा सामुदायिक साँझेदारी वन भित्र लुकाई राखिएको सालको गोलिया प्रहरी र वनका कर्मचारीले बरामद गरेको हो ।
सामुदायिक साँझेदारी वन भित्र लुकाई राखिएको ७ थान (१०५.५१ क्युफिट) अबैध सालको काठ मंगलवार बरामद गरिएको हो। उक्त काठ ईलाका प्रहरी कार्यालय मसुरिया र सब–डिभिजन वन कार्यालय मसुरियाको संयुक्त टोलीले नियन्त्रणमा लिएको र काठलाई सब–डिभिजन वन कार्यालय मसुरियाको जिम्मा लगाएको प्रहरीले जनाएको छ।