कञ्चनपुर। कञ्चनपुरमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरको फैसलाले वन मुद्दामा जरिवाना ठहर भई फरार रहेका पुनर्वास १ का ५३ वर्षीय बाशुदेब राना पक्राउ परेका हुन्।
जिल्ला अदालत कञ्चनपुरले वन मुद्दामा रानालाई ६ महिना कैद सजाय र ५ हजार ९ सय जरिवाना ठहर गरेको थियो। रानालाई मंगलवार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। प्रहरीले जिल्ला अदालत कञ्चनपुरमा पेश गरेकोमा अदालतले कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।